द. नं:३५२/०५५/०५६पान. नं : ३०३२११५०५




संक्षिप्त परिचय
“समृद्धिका लागि सहयात्रा...” सहकारी सिद्धान्त र मुल्य मान्यता अनुसार ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेड २०६८ बैशाख २९ गते तत्कालिन डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भई २०६८ भाद्र ०४ गतेबाट विधिवत रुपमा कारोबार शुभारम्भ गरी सञ्चालनमा आएको हो । सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक सुधार गर्न र गराउनका साथै सदस्यहरुमा आत्मनिर्भर अनि स्वरोजगार र स्वव्यवसायी बनाई समुदायमा स्थापित गर्न सकिन्छ भन्ने उद्देश्यले स्थानीय सदस्य मिली स्थापना गरिएको हो । सदस्यहरुलाई नियमित वचत गर्ने वानी बसाली सुरक्षित भविष्य वनाउन विभिन्न वर्ग तथा समुदायहरुलाई प्रोत्साहित गर्ने उद्देश्य समेत रहनुका साथै सर्वसुलभ दरमा ऋण उपलब्ध गरी साना तथा मझौला व्यवसायीहरुलाई प्रोत्साहित गरी देशको आर्थिक वृद्धिमा समेत सहयोग गर्ने लक्ष्य रहेको छ । परिकल्पना “सदस्यहरुको पहिलो रोजाइको सबल, गतिशील र विश्वसनीय साकोस” ध्येय “सेवामा उत्कृष्ठता, नवीनतम प्रविधि र विशिष्ट पहिचान सहित सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिको सहयात्री बन्ने” मुल्य मान्यता सामुहिक कार्य दीगोपना शून्य सहनशीलता जवाफदेहिता ईमान्दारी…Read more

2068
Established Year

4249
Total Member

30
Total Employee

3
Service Centre

1321718055
Total Assets
ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेड २०६८ साल बैशाख २९ गते तत्कालिन डिभिजन सहाकरी कार्यालय काठमाडौंमा दर्ता भई २०६८ भाद्र ०४ गतेबाट विधिवत रूपमा कारोबार शुभारम्भ गरी सञ्चालनमा आएको हो | सदस्य महानुभावहरूको अविच्छिन्न साथ, सहयोग र हौसलाको बलमा निरन्तरको सफलता सहित अघि बढ्न सकेकोमा हर्ष विभोर भएका छौं | एक दशक बढिको यो यात्राका दौरान संस्थाले आर्जन गरेका उपलब्धिहरू यसका समस्त सदस्यहरूको अटुट आस्था, विश्वास र सहकारिताको परिणाम हो | यसका लागि हामी सबै सदस्य महानुभावहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं | सदस्य हितलाई केन्द्रविन्दुमा राखेर संस्थाको समग्र सेवा व्यवस्थापनलाई समय र प्रविधिको गतिशीलतासँगै उपयोगी, विश्वसनीय र चुस्त बनाउने प्रयासमा हामी निरन्तर लागि परेका छौं | यस कार्यलाई थप परिभाषित र परिष्कृत गर्न सदस्यहरूको सृजनात्मक अनि रचनात्मक सल्लाह सुझावहरू आत्मसात् गर्दै सञ्चालक तथा व्यवस्थापन समूहको ज्ञान, सीप र अनुभवको सम्मिश्रण गरी दिगो संस्थागत विकासका लागि हामी सधैँ दत्तचित्त छौं | आगामी दिनहरूमा पनि सदस्य महानुभावहरूको निरन्तर साथ र सहयोगको अपेक्षासहित संस्थाको हितमा सदैव निष्ठापूर्वक कार्य गर्ने पूर्ण प्रतिवद्धता व्यक्त गर्दछौं |Read more

अध्यक्ष